२०८३ जेष्ठ १३ गते बुधवार

प्रधान सेनापतिको कार्यभार बुझबुझारथ

दाङ २४ साउन । प्रधानसेनापति महारथी श्री प्रभुराम शर्मा र श्रावण २५ गतेबाट कायममुकायम प्रधान सेनापतिको जिम्मेवारी सम्हाल्ने अख्तियारी प्राप्त गर्नु भएका बलाधिकृत रथी अशोकराज सिग्देलका बीचमा प्रधान सेनापतिको कार्यभार बुझबुझारथ भएको छ । नेपाली सेनाको सहायक सेनानी दर्जामा प्रवेश गरी करिब ४१ वर्षसम्म अनवरत रूपमा सेवा गर्नु भएका प्रधान सेनापति शर्मा भाद्र २४ गतेबाट पदावधिको हदले नेपाली सेनाबाट अनिवार्य अवकाश प्राप्त गर्दै हुनुहुन्छ । नेपाली सेनाको प्रचलित परम्परा अनुसार उहाँ श्रावण २५ गतेबाट बिदामा बस्दै हुनुहुन्छ ।
नेपाली सेनाका पूर्व प्रधान सेनापतिहरू, रक्षा सचिव लगायत रथीबृन्द, रक्षा मन्त्रालयका पदाधिकारी, अधिकृत, पदिक तथा सकलदर्जाको उपस्थिति रहेको कार्यक्रममा प्रधान सेनापति महारथी श्री शर्माले नेपाली सेनाको सबै तह र तप्काहरूलाई राम्रोसँग बुझेको, नीति नियम र पद्धतिबारे गहन बुझाइ राख्ने, व्यावहारिक एवम् उत्कृष्ट व्यावसायिक क्षमता भएका बलाधिकृत रथी अशोकराज सिग्देललाई आफ्नो उत्तराधिकारीका रूपमा कार्यभार बुझाउन पाएकोमा खुसी व्यक्त गर्नु भयो ।

प्रकाशित मिति : २०८१ साउन २४ गते बिहिवार
प्रतिक्रिया