२०८३ कार्तिक ११ गते बुधवार

इथियोपियामा पहिरोमा परी २ सय जनाभन्दा धेरैको मृत्यु

एजेन्सी, ९ श्रावन । इथियोपियाको दक्षिणी क्षेत्रमा पहिरोमा परी दुई सय जनाभन्दा धेरैको ज्यान गएको छ । दक्षिणी इथियोपियाको गेजे गोफा जिल्लामा अस्ति सोमवार गएको पहिरोमा परि अहिलेसम्म ज्यान गुमाउनेको सङ्ख्या दुई सय २९ पुगेको हो । पहिरामा परेर अझै धेरै जना बेपत्ता रहेका छन् । उद्दार टोलीले पाँच जनाको उद्दार गरेर अस्पताल पुर्‍याएको छ ।

पहिरोबाट घरबार गुमाएकालाई सुरक्षित ठाउँमा लगेर खाने र बस्ने व्यवस्था गरिएको छ । स्थानीय अधिकारीका अनुसार एकै ठाउँमा एकपछि अर्को गर्दै लगातार पहिरो गएकाले धेरै क्षती भएको छ । इथियोपियामा यही जुलाई महिनाको शुरुदेखि ठूलो वर्षा भएर विभिन्न क्षेत्रमा पहिरो जान थालेको चिनियाँ समाचारसंस्था रोयटर्सले जनाएको छ । अबको दुई महिना आउने सेप्टेम्बरसम्म खराब मौसमको सामना गर्नु पर्ने खबरमा उल्लेख छ । जोखिम क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा सर्न र सचेत रहन आग्रह गरिएको छ ।।

प्रकाशित मिति : २०८१ साउन ९ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।