काठमाडौं, ८ श्रावन । क्रोएसियाको एक नर्सिङ होममा गोली चल्दा ६ जनाको मृत्यु भएको छ । नचिनेका समूहले जाग्रेबको पूर्वी क्षेत्रमा पर्ने दारुवरमा रहेको एउटा नर्सिङ होममा प्रवेश गरी गोली चलाएका अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएको छ । घटनास्थलमा ५ जनाको ज्यान जानुका साथै उपचारका क्रममा अर्का एकजनाको मृत्यु भएको हो । घटनामा अन्य धेरै घाइते भएका छन् ।
यस घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरिसकेको प्रहरीले जनाएको छ । प्रधानमन्त्री एन्ड्रेज प्लेन्कोभिकले घटनाको विस्तृत अनुसन्धान गरि थप घटना हुन नदिन सम्बन्धित अधिकारीहरूलाई आह्वान गर्नुभएको छ ।।
प्रकाशित मिति : २०८१ साउन ८ गते मङ्गलवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।