२०८३ कार्तिक ११ गते बुधवार

जापानमा कम्पनीहरू टाट पल्टिने क्रम उच्च

काठमाडौं, ७ श्रावन ।  जापानमा कम्पनीहरू टाट पल्टिने क्रम १० वर्षयताकै उच्च स्तरमा पुगेको छ । बढ्दो लागत, श्रमको अभाव र आर्थिक सहयोगमा आएको कमीका कारण जापानमा कर्पोरेट कम्पनी टाट पल्टिने क्रम यो वर्षको ६ महिनामा २२ प्रतिशतले बढेर एक दशककै उच्च स्तरमा पुगेको क्रेडिट रिसर्च कम्पनीको सर्वेक्षणले देखाएको छ । जनवरीदेखि जुनसम्म टाट पल्टिने कम्पनीको सङ्ख्या चार हजार आठ सय ८७ वटा पुगेको छ । यो सन् २०१४ यताकै उच्च रहेको टेइकोकु डाटा बैंकले आफ्नो पछिल्लो अनलाइन रिपोर्टमा उल्लेख गरेको छ ।

टाट पल्टिने उद्योगका आधारमा सेवा उद्योगमा सबैभन्दा बढी एक हजार दुई सय २८ रहेका छन् । त्यसपछि खुद्रा क्षेत्रको एक हजार २९ र निर्माणमा नौ सय १७ रहेको तथ्याङ्कले देखाएको छ । यस अवधिमा साना तथा लघु उद्यमहरू सबैभन्दा बढी प्रभावित भएका छन् । जापानमा बढ्दो लागत र बढ्दो श्रमिक अभावको बीचमा येनको निरन्तर अवमूल्यनका कारण आर्थिक अवस्था थप जटिल भएको छ । जुन महिनामा मात्रै आठ सय सात वटा जापानी कम्पनीले लिलामी प्रक्रिया अघि बढाएका छन् ।।

प्रकाशित मिति : २०८१ साउन ७ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।