२०८३ कार्तिक ११ गते बुधवार

त्रिशूलीमा हराएका २३ जनाको शव भेटियो

काठमाडौँ, ४ श्रावन ।  त्रिशूलीमा दुई वटा डिलक्स बस त्रिशूलीमा खस्दा बेपत्ता भएका २३ जनाको शव भेटिएको छ । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट नदीमा खसेको बसमा सवार २३ जनाको शव भेटिएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता शैलेन्द्र थापाले रातोपाटीलाई बताउनुभयो । सशस्त्र प्रहरीका अनुसार ९ जनाको सनाखत हुन सकेको छैन ।

सनाखत नभएका शवहरु ८ जना पुरष र १ जना महिलाको छ । असार २८ मा काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र बीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स त्रिशूलीमा खसेका हुन् । बसमा सवार अन्य यात्रु र दुवै बस बेपत्ता छन्  ।।

प्रकाशित मिति : २०८१ साउन ४ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।