२०८३ कार्तिक ११ गते बुधवार

जन्ती बोकेको जीप पल्टिँदा २ जनाको मृत्यु

काठमाण्डौ, २८ असार ।  रौतहटमा जन्ती बोकेको जीप नहरमा पल्टिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाण्डौ घर भएका ५५ वर्षका कुलबहादुर श्रेष्ठ, सर्लाहीको चक्रघट्टा गाउँपालिका–३ सुन्दरपुरका रविन्द्र पण्डितकी छोरी ७ वर्षीया श्वेता रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक दिलिप घिमिरेले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार रौतहटको गढीमाई नगरपालिका–६ सिङगारमनको भित्रि सडक–खण्ड अन्र्तगत धर्मपुर नहरमा धनहरीबाट सर्लाहीतर्फ जन्ती बोकेर जाँदै गरेको भारतीय नम्बरको जीप नहरमा पल्टिएको हो । घाइते भएका सुन्दरपुरकै २५ वर्षका अमलेश ठाकुरको गौरमा उपचार भइरहेको छ । जीपमा १२ जना रहेकामा अरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८१ असार २८ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।