विराटनगर, २५ असार । विराटनगरमा ग्याङ फाइटमा परी एकजनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । सोमबार ग्याङ फाइटमा घाइते भएका मोरङको कटारी गाउँपालिकाका २१ वर्षीय करण कामतको मृत्यु भएको र कटहरी–१ जमोटकीका २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय घाइते भएको प्रहरीले जनाएको छ । उनीहरूलाई प्रहरीले उद्धार गरी अस्पताल लगेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार राती १० बजे तीनै जना घाइते अवस्थामा भेटिएका थिए । उपचारका लागि अस्पताल लैजाँदै गर्दा कामतको भने मृत्यु भएको छ । मृतक कमातको शरीरका विभिन्न स्थानमा धारिलो हतियार प्रहार गरिएको छ । घाइतेहरूको पनि शरीरको विभिन्न स्थानमा धारिलो हतियार प्रहार भएको छ । यस घटनामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।
प्रकाशित मिति : २०८१ असार २५ गते मङ्गलवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।