२०८३ कार्तिक ११ गते बुधवार

पहिरोमा पुरिएका थप दुई जना मृत भेटिए

काठमाण्डौ, २३ असार ।  तनहुँको शुक्लागण्डकी नगरपालिका–७ काउरेमा पहिरोमा पुरिएका दुई जनाको शव भेटिएको छ । हिजो दिउँसो पहिरोले हिरा नेपालीको घर पुर्दा उहाँसहित तीन जना पहिरोमा पुरिएका थिए । उहाँको शव हिजो बेलुका नै फेला परेपनि अनिषा बाँस्तोला र श्याम भण्डारीको शव आज फेला परेको प्रहरीले जनाएको छ । हिरा नेपाली र सुनमाया कुमालको घरभित्र रहेको सामान निकाल्ने क्रममा छिमेकी बास्तोला र भण्डारी पनि पहिरोमा पुरिएका थिए ।

पहिरोमा परी विष्णुबहादुर नेपाली, विशाल तिमिल्सिना, रवि घिमिरे, रुपकुमारी नेपाली र विमल नेपाली घाइते हुनुभएको छ । घाइतेको बेलचौतारामा रहेको जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिनुभएको छ ।।

प्रकाशित मिति : २०८१ असार २३ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।