२०८३ कार्तिक ११ गते बुधवार

चट्याङ लागेर १९ जनाको मृत्यु, ७ जना घाइते

काठमाडौं, २३ असार ।  भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर कम्तीमा १९ जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । बर्खाको यो बेला खेतमा काम गर्ने र पानी परेका बेला रूखमुनि आश्रय लिएका उनीहरुको चट्याङ लागेर मृत्यु भएको विपद् प्रतिकार्यमा सक्रिय अधिकारीलाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अस्ति शुक्रवारपछि पछिल्लो २४ घण्टामा बिहार राज्यका १० जिल्लामा मेघगर्जन र चट्याङसहित ठूलो पानी परेको थियो ।

भारतको मौसम विभागले बिहारको उत्तरी, दक्षिणपूर्वी र दक्षिण मध्य भागमा मेघगर्जन र चट्याङसहित ठूलो पानी पर्न सक्ने भन्दै सावधानीका लागि सूचना अर्थात् (एलो अलर्ट) पनि जारी गरेको छ । हरेक वर्ष मनसुन शुरु भएसँगै भारतमा चट्याङ लागेर सयौँले ज्यान गुमाउने गरेका छन् ।।

प्रकाशित मिति : २०८१ असार २३ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।