२०८३ कार्तिक ११ गते बुधवार

दाङमा सर्पको टोकाइबाट एकजनाको मृत्यु

दाङ, २२ असार ।  दाङमा बिषालु सर्पको टोकाइबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका–२ नयाँ बस्ती निवासी ६८ वर्षीय डल्ले कुमाल रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हिजो शुक्रबार बेलुका साढे ८ बजेको समयमा बिषालु सर्पले टोकेको थियो ।

लमही अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि घोराही लैजाने क्रममा कुमालको बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ । यस्तै ४ वर्ष पहिले सर्पको टोकाईबाट कुमालको नातीको समेत मृत्यु भएको थियो ।।

प्रकाशित मिति : २०८१ असार २२ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।