२०८३ कार्तिक ११ गते बुधवार

तुलसीपुरमा जिपको ठक्करबाट अटो चालक गम्भिर घाइते

तुलसीपुर, २१ असार ।  दाङको तुलसीपुरमा जिपको ठक्करबाट अटो चालक गम्भिर घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर–१३ का ५४ वर्षीय अटो चालक चक्र बहादुर डाँगी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो । उहाँका अनुसार जसपुरदेखी दमारगाँउतर्फ जादै गरेको रा १ ह ४३३६ नम्बरको अटोलाई विपरित दिशाबाट आउदै गरेको रा १ च ९५० नम्बरको बलेरो जिपले तुलसीपु अमेलिया सडकखण्ड अन्र्तगत तुलसीपुर–१३ बखरेमा हिजो बेलुका सवा ७ बजेको समयमा ठक्कर दिदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी गम्भिर घाइते भएका डाँगीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागी नेपालगञ्ज नर्सीङ होममा रिफर गरिएको उहाँले बताउनुभयो । डाँगीको टाउको र मुखमा गहिरो चोट लागेकाले अवस्था गम्भिर रहेको छ । ठक्कर दिने बलेरो जिपसहित चालक शान्तिनगर गाउँपालिका–६ का ३० वर्षीय अरुण चौधरीलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक थापाले बताउनुभएको छ ।।

प्रकाशित मिति : २०८१ असार २१ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।