दाङ, १७ असार । रोल्पामा जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । मृतकको पहिचान हुन बाँकि रहेको रोल्पाका प्रहरी प्रमुख डिएसपी भरत लामाले जानकारी दिनुभयो । यस अघि गाडीमा ११ जना सवार रहेको बताउँदै आएको प्रहरीले पछिल्लो समय १५ जना भएको पुष्टि गरेको छ ।
याे पनि पढ्नुहाेस
रोल्पामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु
रोल्पाको घर्तीगाउँदेखि तालाबाङका लागि छुटेको लु १ ज ३२५२ नम्बरको जिप घर्तीगाउँ–तालाबाङ सडक अन्तर्गत परेवा छहरा नजिकैबाट ४ सय मिटर तल खसेर दुर्घटनाग्रस्त भएको थियो । मृतकको संख्या अझै बढ्न सक्ने प्रहरीले बताएको छ ।।
प्रकाशित मिति : २०८१ असार १७ गते सोमवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।