२०८३ कार्तिक ११ गते बुधवार

रोल्पामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

दाङ, १७ असार । रोल्पामा सोमबार दिउँसो जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ९ जना गम्भिर घाइते भएका छन् । मृत्यु हुनेमा एकजना पुरुष र एक महिला रहेको रोल्पाका प्रहरी प्रमुख डिएसपी भरत लामाले जानकारी दिनुभयो । ९ः१२ बजेसम्म रेउघा जिल्ला अस्पतालमा ५ जनालाई ल्याइपुर्याइएकाे छ भने अन्यलाई अस्पताल तर्फ ल्याउँदै गरेकाे प्रहरीले जनाएको छ । मृतक पुरुषकाे नाम झुपलाल डाँगी रहेकाे प्रहीले जनाएकाे छ ।

रोल्पाको घर्तीगाउँदेखि तालाबाङका लागि छुटेको लु १ ज ३२५२ नम्बरको जिप घर्तीगाउँ–तालाबाङ सडक अन्तर्गत परेवा छहरा नजिकैबाट ४ सय मिटर तल खसेर दुर्घटनाग्रस्त भएको थियाे ।  गाडीमा ११ जना सवार रहेको र सबैको घटनास्थलबाट उद्धार गरेर उपचारका लागि रेउघा जिल्ला अस्पताल पठाइएको डिएसपी लामाले जानकारी दिनुभयो । दुर्घटना करिब ५ बजे भएपनि जिल्ला प्रहरी कार्यालय रोल्पालाई ६ः४५ बजे जानकारी आएको डिएसपी लामाले बताउनुभयो । मृतकको संख्या अझै बढ्न सक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रकाशित मिति : २०८१ असार १७ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।