२०८३ कार्तिक ११ गते बुधवार

दाङमा गोठमा आगो लगाएको आरोपमा एक जना पक्राउ

तुलसीपुर, १६ असार । दाङमा गोठमा आगो लगाएको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बङलाचुली गाउँपालिका(५ साकिनेका २६ वर्षीया खेमा घर्ती रहेको प्रहरीले जनाएको छ । सोही ठाउँका ७३ वर्षीय ओबिराम घर्तीको गोठमा आगजनी गरेको अभियोगमा निजकै बुहारी खेमालई शनिबार प्रहरीले पक्राउ गरेको हो ।

घरायसी विवादको कारण शुक्रबार राति खेमाले सलाईको काँटी सल्काई उक्त गोठको छानामा फालेर आगलागी हुँदा गोठ पूर्ण रूपमा जलेर नष्ट भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कमिरेचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।आगलागीबाट ३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८१ असार १६ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।