२०८३ कार्तिक ११ गते बुधवार

तुलसीपुरमा कार दुर्घटना हुँदा ३ जना घाइते

तुलसीपुर, १५ असार ।  दाङको तुलसीपुरमा कार दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । घाइते हुनेमा कार चालक तुलसीपुर–६ का २५ बर्षिया बिजय गिरि, कारमा सवार तुलसीपुर–१२ का २७ वर्षीय जोयल गिरि र तुलसीपुर–११ का २७ वर्षीय कृष्ण केसी रहेको ईलाका प्रहरी कार्यलय तुलसीपुरका प्रहरी निरीक्षक तथा सुचना अधिकारी प्रकाश थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार तुलसीपुरबाट घोराही तर्फ जाँदै गरेको बा १६ च १९५५ नम्बरको कार तुलसीपुर–७ राजापुरमा गएराती ८ बजेको समयमा अनियंत्रित भएर दुर्घटना भएको हो । कारमा ५ जना सवार रहेकामा अन्य २ जना भने शकुसल रहेका छन् । घाइते ३ जनाको राप्ती लाईफ केयर हस्पिटल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८१ असार १५ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।