तुलसीपुर, १५ असार । दाङको तुलसीपुरमा चट्याङ लागेर १ जना घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर–१९ छिल्लीकोटका ३६ वर्षीय दुर्गाबहादुर बिक रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार आफ्नै २ तले कच्ची घरमा बसिरहेको अवस्थामा चट्याङ पर्दा उहाँको शरिरको बायातिरको भाग नचल्ने भएको छ । उनको अहिले राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।।
प्रकाशित मिति : २०८१ असार १५ गते शनिवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।