तुलसीपुर, १५ असार । दाङको तुलसीपुरमा मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर–१६ का २० वर्षीय सागर नेपाली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो । उहाँका अनुसार तुलसीपुर–१२ पुकार पसलबाट मलवारतर्फ जादै गरेको रा ३ प ३७५० नम्बरको मोटरसाइकल हिजो शुक्रबार साँझ सवा ७ बजेको समयमा ग्वारखोला पुल नजिकै आफै अनियन्त्रित भएर दुर्घटना हुदा नेपाली गम्भिर घाइते हुनुभएको थियो ।
उहाँलाई थप उपचारका लागी नेपालगञ्ज रिफर गरिएकोमा मेडिकल कलेज कोहोरपुरमा उपचारकै क्रममा गएराती पौने १२ बजेको समयमा मृत्यु भएको प्रहरी निरीक्षक थापाले बताउनुभयो । मोटरसाइकल सडकबाट झण्डै १५ मिटर तल खसेको थियो । दुर्घटनामा परी सोही ठाउँका ३५ वर्षीय तारा बहादुर धिताल घाइते भएको प्रहरीले जनाएको छ । उहाँको अहिले राप्ती प्रादेशकि अस्पतालमा उपचार भइरहेको छ ।।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।