२०८३ कार्तिक ११ गते बुधवार

तुलसीपुरमा एकजनाले आफ्नै घरमा लगाए आगो

तुलसीपुर, ११ असार ।  दाङको तुलसीपुरका एकजनाले आफ्नै घरमा आगो लगाएका छन् । तुलसीपुर उप–महानगरपालिका–१९ तोपापानी निवासी ६० वर्षीय मनु दमाईले घरायसी श्रीमान श्रीमतीबिचको बिबादका कारण आज अपराह्न्न ४ बजेको समयमा आफ्नै २ तले घरमा आगो लगाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार आगलागीबाट कुनै मानविय तथा पशु चौपायाको क्षेती भने हुन पाएको छैन । अहिले आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । आगो लगाउने दमाइलार्ई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।।

प्रकाशित मिति : २०८१ असार ११ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।