२०८३ कार्तिक ११ गते बुधवार

तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुदा दुईजना घाइते

तुलसीपुर, ७ असार ।  दाङको तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट दुईजना घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा तुलसीपुर–७ मोतिपुर निवासी ६८ वर्षीया छदया चौधरी र मोटरसाइकल चालक तुलसीपुर–५ का ५८ वर्षीय ओमराज श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार तुलसीपुरबाट घोराहीतर्फ जादै गरेको रा ५ प ९४६१ नम्बरको मोटरसाइकलले मोतिपुरमा पैदल हिडिरहेकी चौधरीलाई आज साँझ साढे ७ बजेको समयमा ठक्कर दिएको हो । दुर्घटनामा परी घाइते भएका दुबैजनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मोटरसाइकल चालकको अवस्था भने सामान्य रहेको प्रहरीले बताएको छ ।।

प्रकाशित मिति : २०८१ असार ७ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।