२०८३ कार्तिक ११ गते बुधवार

विषाक्त रक्सी खाँदा ३४ जनाको मृत्यु, सायौंजना घाइते

काठमाडौं, ६ असार ।  भारतको तमिलनाडुमा विषाक्त रक्सी खाएर ३४ जनाको मृत्यु भएको छ भने एक सयभन्दा धेरैलाई अस्पताल भर्ना गरिएको छ । उनीहरुमध्ये धेरैजसोको अवस्था गम्भीर रहेको त्यहाँका राज्यपालले जनाएका छन् । उनीहरुले विषाक्त मेथानोलले भरिएको घरेलु रक्सी खाएको बताइएको छ । घटनामा संलग्न रहेको अभियोगमा केहीलाई पक्राउ गरी प्रहरीले अनुसन्धान थालेको छ ।

गत वर्ष बिहारमा विषाक्त मदिरा खाँदा कम्तीमा २७ जनाको मृत्यु भएको थियो भने सन् २०२२ मा गुजरातमा ४२ जनाको मृत्यु भएको थियो । मदिरालाई कडा बनाउन प्रायः मेथानोल मिसाउने गरिएको र यसले अन्धोपन, कलेजोको क्षति र मृत्यु समेत हुनसक्ने डाक्टरले बताउँदै आएका छन् ।।

प्रकाशित मिति : २०८१ असार ६ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।