२०८३ कार्तिक ११ गते बुधवार

तुलसीपुरमा ३ जना चडेको मोटरसाइकल ट्रकसँग ठोक्किदा ३ जना घाइते

तुलसीपुर, ६ असार ।  दाङको तुलसीपुरमा ३ जना चडेको मोटरसाइकल ट्रकसँग ठोक्किदा ३ जना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक तुलुसीपुर–१६ का २३ वर्षीय शरद वली, पछाडी सवार तुलसीपुर–१७ झिनुवाका २२ वर्षीय दिनेश गिरी र तुलसीपुर–२ खैरीपुरका २४ वर्षीय शाजन गिरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार तुलसीपुरबाट घोराहीतर्फ जादै गरेको ना ६ ख ४९४२ नम्बरको ट्रकलाई ओभरट्याक गर्ने क्रममा सोही दिशातर्फ जादै गरेको रा ४ प ५३६४ नम्बरको मोटरसाइकलले तुलसीपुर–१७ झिगैं चोक नजिकै आज दिउँसो सँवा ३ बजेको समयमा पछाडीबाट ठोक्किदा मोटरसाइकलमा सवार रहेका उनीहरु घाइते भएका हुन् । घाइते मध्य मोटरसाइकल चालकको नविन मेडिकल बेल्झुण्डीमा उपचार भइरहेको छ भने अन्यको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । बस चालक सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–४ का ३६ वर्षीय रामशरण पौडेललाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८१ असार ६ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।