२०८३ कार्तिक ११ गते बुधवार

६ किलो सुन र ४८ लाख नगदसहित एकजना पक्राउ

काठमाण्डौ, ३ असार ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ६ किलो सुनसहित काठमाण्डौबाट एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चिनियाँ मूलका ३७ वर्षीय सेनाम गुरुङ रहेका सीआईबीका प्रवक्ता एवम् प्रहरी उपरीक्षक (एसपी) होविन्द्र बोगटीले जानकारी दिनुभयो । पक्राउ परेका गुरुङको घरबाट ४८ लाख रुपैयाँ नगद पनि बरामद गरेको सीआईबीले जनाएको छ । प्रहरीले उनको कोठाबाट सोनाम गुरुङ नाममा रहेको नेपाली नागरिकतासमेत बरामद गरेको छ । पक्राउ परेका चिनियाँ नागरिक यसअघि पनि सुन तस्करीमा संलग्न रहेर प्रहरीको खोजी सूचीकै व्यक्ति रहेको सीआईबीले जनाको छ ।

तर कपनबाट अहिले बरामद भएको सुन यसअघिको ६० किलो प्रकरण र विद्युतीय चुरोट (भेप) मार्फत नभई स्थलमार्गबाट तस्करी भएर आएको हुनसक्ने सीआईबीले जनाएको छ । सीआईबीले अहिले भेपमार्फत तस्करी भएको नौ किलो सुन र राजस्व अनुसन्धान विभागले बरामद गरेको ६० किलो सुनको अनुसन्धान गरिरहेको छ । दुई वटा प्रकरणमा अहिलेसम्म पक्राउ पर्नेको सङ्ख्या २० जना पुगेको छ ।।

प्रकाशित मिति : २०८१ असार ३ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।