२०८३ कार्तिक ११ गते बुधवार

नदीमा डुङ्गा पल्टिँदा ६ जना बेपत्ता

काठमाडौं, ३ असार ।  भारतको गङ्गा नदीमा डुङ्गा पल्टिँदा ६ जना बेपत्ता भएका छन् । पटना नजिकै रहेको बिहारको बारह क्षेत्रमा गङ्गा नदीमा १७ जना श्रद्धालु बोकेको डुङ्गा पल्टिएको हो । दुर्घटनामा ११ जनाको सकुशल उद्धार भएको टाइम्स अफ इन्डियाले जनाएको छ ।

उमानाथ घाटबाट डायरा जाँदै गरेको डुङ्गा हिजो दुर्घटना भएको थियो । बारहका एसडिएम शुभम कुमारले सकुशल उद्धार गरिएको ११ जनाको स्वास्थ्य ठिक रहेको र बेपत्ता ६ जनाको खोजी भइरहेको बताउनुभएको छ ।।

प्रकाशित मिति : २०८१ असार ३ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।