२०८३ कार्तिक ११ गते बुधवार

तुलसीपुरमा आफ्नै पानी ट्याङ्कीमा डुबेर एक महिलाको मृत्यु

तुलसीपुर, १ असार ।  दाङको तुलसीपुरमा आफैले बनाएको पानी ट्याङ्कीमा डुबेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर–६ गोलौरा निवासी ७० वर्षीया शान्ता कुमारी देवकोटा रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । प्रहरीका अनुसार हिजो बिहान साढे १० बजेको समयमा आफ्नै पानी ट्याङ्कीमा डुबेर उहाँको मृत्यु भएको हो ।

मृतकको शव पोष्टमार्टम पश्चात आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । उहाँ आफै ट्याङ्कीमा हाम फल्नुभएको हो अथवा झुक्किएर खस्नुभएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८१ असार १ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।