बारा, ३२ जेठ । रामराजा बहुमुखी क्याम्पस, कलैयाका प्रमुख हरिभूषण कुशवाहको गोली प्रहार गरेर हत्या गरिएको छ । गोली लागेर गम्भीर घाइते प्रमुखको उपचारको क्रममा बयोधा अस्पताल, वीरगञ्जमा मृत्यु भएको पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिनुभयो ।
बाराको आदर्श कोतवाल गाउँपालिका–३ बतरा भन्ने स्थानमा अज्ञात समूहले क्याम्पस प्रमुख कुशवाहमाथि आज अपराह्न गोली प्रहार गरेको थियो । घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिइएको बाराका प्रहरी नायब उपरीक्षक ददिराम न्यौपानेले जानकारी गराए ।
प्रकाशित मिति : २०८१ जेष्ठ ३२ गते शुक्रवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।