झापा, ३२ जेठ । झापाको शिवसताक्षी नगरपालिका–३ मा एकै परिवारका तीनजना मृत अवस्थामा भेटिएका छन् । शुक्रबार बिहान २ बर्ष ६ महिनाको नाबालकसहित तीन जना आफ्नै घरमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णुकमार चन्दले जानकारी दिनुभयो । वैदेशिक रोजगारका लागि विदेशमा रहेका सुजन बेस्राकी २५ वर्षीया श्रीमती अन्जली बेस्राले आफ्ना नाबालक छोराहरुलाई विष खुवाएर हत्या गरी आफुले झुण्डिएर आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक रुपमा देखिएको प्रहरीले जनाएको छ ।
दुई नाबालक सुतेको ठाँउमा नै मृत भेटिएका छन भने उनीहरुको मुखबाट फिज आएको थियो । अञ्जलीले नौ वर्षीय विशाल बेस्रा र ३० महिनाका आयुष बेस्रालाई विष खुवाएर हत्या गरेको हुनसक्ने स्थानीयले बताएका छन् । प्रारम्भिक चरणमा घटनाको अवस्था हेर्दा हत्यापछि आत्महत्या गरेको देखिएको बताइएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।