२०८३ कार्तिक ११ गते बुधवार

१६ वर्षीया किशोरीलाई बलात्कार गर्ने एकजना पक्राउ

पाल्पा, २९ जेठ । पाल्पामा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । रिब्दीकोट गाउँपालिका–५ नयाटोल बस्ने ३६ वर्षीय बृहस्पती पचभैयालाई प्रहरीले पक्राउ गरेको हो ।

उनले ती किशोरीलाई शनिबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले सोमबार साँझ पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ २९ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।