२०८३ कार्तिक ११ गते बुधवार

सार्वजनिक पार्कमै शिक्षकमाथी चक्कु प्रहार

काठमाडौं, २९ जेठ ।  चीनको एक सार्वजनिक पार्कमा नचिनेका व्यक्तिले चक्कु प्रहार गर्दा अमेरिकी विश्वविद्यालयका चार जना शिक्षक घाइते भएका छन् । घाइते सबैलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । उत्तरी चीनको जिलिन प्रान्तको एउटा पार्कमा भएको गम्भीर घटनामा आयोवा कलेजका शिक्षक गम्भीर घाइते भएका हुन् ।

स्थानीय मन्दिर जाने मानिसहरूको समूहमा पसेर एक व्यक्तिले चक्कु प्रहार गरेका बीबीसीको खबरमा उल्लेख छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले चक्कु प्रहार गरेको घटनाको रिपोर्ट प्राप्त भएको तर पूर्ण जानकारी उपलब्ध नभएको बताउनुभएको छ । उहाँले चिनियाँ प्रशासनले यो घटनाबारे अहिलेसम्म कुनै प्रतिक्रिया नदिएको बताउनुभएको छ ।।

प्रकाशित मिति : २०८१ जेष्ठ २९ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।