२०८३ कार्तिक ११ गते बुधवार

युक्रेनी सेनाको आक्रमणबाट २२ जनाको मृत्यु

काठमाडौं, २६ जेठ ।  युक्रेनी सेनाले रुसले कब्जा गरेको खेरसनमा आक्रमण गर्दा २२ जनाको मृत्यु भएको छ । रुसले कब्जा गरेको खेरसन क्षेत्रको सडोभोये गाउँमा एउटा पसलमा दुई पटक भएको बमबारीमा २२ जना नागरिकको मृत्यु भएको गभर्नर भ्लादिमिर साल्दोले बताउनुभएको छ । आक्रमणको समयमा पसलभित्र ग्राहक र पसलका कर्मचारीको भीड लागेको थियो ।

पहिलो हमला फ्रान्सेली हवाई बमबाट भएको र दोस्रो हमला अमेरिकी हिमर्स रकेटबाट भएको रुसी सञ्चारमाध्यमले जनाएका छन् । अमेरिका र युरोपले दिएका हतियार रुसविरुद्ध आक्रमण गर्न सक्ने अनुमति पाएपछि युक्रेन रुसविरुद्ध आक्रमक भएको छ । रुसले यो निर्णयको कडा शब्दमा विरोध गर्दै अमेरिका र युरोप नजिकैका आफ्ना मित्र देशमा क्षेप्यास्त्र तैनाथ गर्ने चेतावनी दिइसकेको छ ।।

प्रकाशित मिति : २०८१ जेष्ठ २६ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।