काठमाडौं, १४ जेठ । अमेरिकामा आँधीका कारण सात जनाको ज्यान गएको छ । आँधीका कारण उत्तरी टेक्सासमा सात, अर्कान्सासमा पाँच, ओक्लाहोमामा दुई र केन्टकीमा एक जनाको ज्यान गएको हो । अरू धेरै जना घाइते भएका बीबीसीले जनाएको छ । आँधीका कारण घरहरू ध्वस्त भएका छन् भने विभिन्न राज्यका झन्डै पाँच लाख घरपरिवारका बिजुलीका लाइन काटिएका छन् । अमेरिकामा हिजो चट्याङ, मेघगर्जन र भारी वर्षासहित आएको आँधीले जनजीवन प्रभावित भएको हो ।
टेक्सासका गभर्नर ग्रेग एबोटले आफ्नो राज्यका सबै काउन्टीहरूको एक तिहाइभन्दा धेरै ठाउँलाई प्रकोप प्रभावित क्षेत्र घोषणा गर्नुभएको छ । टेक्सासमा एउटै परिवारमा बालबालिकासहित पाँच जनाको ज्यान गएको उहाँले बताउनुभयो । आँधीपछि बाहिरिएको भिडियो फुटेजमा पेट्रोल पम्प र सार्वजनिक ठाउँहरू पूर्ण रूपमा ध्वस्त भएको देखिएको छ ।।
प्रकाशित मिति : २०८१ जेष्ठ १४ गते सोमवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।