२०८३ कार्तिक ११ गते बुधवार

पहिरोमा परी झण्डै ६ सय ७० जनाको मृत्यु

काठमाडौं, १३ जेठ ।  संयुक्त संयुक्त राष्ट्रसंघले पपुवा न्युगिनीमा गाउँ नै बग्ने गरी गएको पहिरोमा परी झन्डै ६ सय ७० जनाको मृत्यु भएको अनुमान गरेको छ । आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठनका पपुवा न्युगिनीका प्रमुख सेरहान ओक्टोप्राकले गएको शुक्रवार एन्गा प्रान्तमा गएको पहिरो पहिरोले अकल्पनीय क्षति निम्त्याएको र छ सय ७० जनाको मृत्यु भएको हुनसक्ने बताउनुभएको छ ।

बीबीसीकाअनुसार ११ सय वटा घर पहिरोले बगाएकोमा एक सय ५० वटा घर नदेखिने गरी पुरिएका छन् । अहिले पनि पूरै गाउँ बगिरहेकोले उद्धारमा कठिनाई भइरहेको छ । पानी पर्न शुरु भएकाले पहिरोको जोखिम अझै बढेको र उद्वारमा बाधा आउन सक्ने स्थानीय प्रशासनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।।

प्रकाशित मिति : २०८१ जेष्ठ १३ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।