मकवानपुर, १३ जेठ । मकवानपुरमा गाडीको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । दुई छुट्टाछुट्टै ठाउँमा भएको घटनामा दुई जनाको मृत्यु भएको हो । हेटौँडा उपमहानगरपालिका–३ मा ना १ ज ७५६० नम्बरको भ्यानले ठक्कर दिँदा हेटौँडा–१२ बनस्पति बस्ने श्यामबहादुर विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।
त्यस्तै मनहरी गाउँपालिका–६ नयाँ बजारमा ट्रकको ठक्करबाट घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । ना ५ ख ७७२१ नम्बरको ट्रकले बाग्मती प्रदेश ०३–००४ प ६९७३ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा चालक हेटौँडा–८ कमानेका ४५ वर्षीय दिनेश कार्कीको उपचारका क्रममा चितवनमा गएराति मृत्यु भएको डीएसपी भण्डारीले बताउनुभयो ।।
प्रकाशित मिति : २०८१ जेष्ठ १३ गते आइतवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।