२०८३ कार्तिक ११ गते बुधवार

मनोरञ्जन पार्कमा आगलागी हुँदा २७ जनाको मृत्यु

काठमाडौं, १३ जेठ ।  भारतको गुजरातमा एउटा मनोरञ्जन पार्कमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ । पाँच किलोमिटर परसम्म धुवाँ फैलिएको भीषण आगलागीमा परेर ज्यान गुमाउनेहरूमा बालबालिकासमेत रहेको बताइएको छ । आगलागी गुजरातको राजकोट जिल्लाको गो–कार्टिङ, बलिङ र अरू साहसिक खेलजस्ता मनोरञ्जन गतिविधिहरूको हब टीआरपी गेमिङ जोन मा भएको गुजरात प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आगो निभाउने काम सकेर खोजी तथा राहत वितरणको काम भइरहेको छ । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई चार लाख रुपैयाँ राहत र घाइतेको उपचारमा ५० हजार भारतीय रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ ।।

प्रकाशित मिति : २०८१ जेष्ठ १३ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।