दाङ, १२ जेठ । दाङमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमन घोराही उपमहानगरपालिका–३ बेलुवाका ४५ वर्षीया जगन्या चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
प्रहरीका अनुसार शुक्रबार राति आफ्नै घरको मोटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी चौधरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।।
प्रकाशित मिति : २०८१ जेष्ठ १२ गते शनिवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।