२०८३ कार्तिक ११ गते बुधवार

सल्यानको कुपिन्डे तालमा डुबेर महिलाको मृत्यु

सल्यान, १० जेठ ।  सल्यानको कुपिण्डे तालमा डुबेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा शारदा नगरपालिका–८ मार्के आरामेलटाकुरा निवासी ३० वर्षीया कमला कुवर रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानी प्रसाद धमलाले जानकारी दिनुभयो । प्रहरीका अनुसार कुवर आज बिहान बाबुआमासँग बनगाड कुपिण्डे नगरपालिका–८ मा रहेको कुपिण्डेताल नजिकै रहेको बराह मन्दिरमा पुजा गर्न जानुभएको थियो ।

सोही क्रममा तालमा डुबेकी कुवरलाई आफन्त र स्थानीयले उद्धार गरी अस्पताल पुर्याएपनि डाक्टरले चेकजाँच गर्ने क्रममा मृत घोषणा गरेको प्रहरीले जनाएको छ । ताल नजिकै रहेको बराह मन्दिरमा पुजा गरी नुहाउने क्रममा देउता चढ्यो भन्दै गहिरोतिर गएपछि उहाँ डुबेको स्थानीयले बताएका छन् । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८१ जेष्ठ १० गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।