२०८३ कार्तिक ११ गते बुधवार

मिनिबस दुर्घटना हुँदा २ जनाको मृत्यु, १६ जना घाइते

दैलेख, ७ जेठ ।  सुर्खेतमा मिनिबस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा दैलेखको डुङ्गेश्वर गाउँपालिका–६ का भीमसेन राना र बर्दियाको ठाकुरबाबा नगरपालिका–३ का शेरबहादुर खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । दैलेखको दुल्लु नगरपालिका–११ भुकाहाबाट सुर्खेततर्फ गुडिरहेको कर्णाली प्रदेश ०१ ००२ ख ०७५२ नम्बरको मिनिबस आज दिउँसो साढे १ बजे वीरेन्द्रनगर नजिकै कटुका र कपासेबीचको जङ्गलमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

यस्तै दुर्घटनामा १६ जना घाइते भएका र उनीहरूको कर्णाली केयर अस्पताल र प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक (एसपी) रुपेश खड्काले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८१ जेष्ठ ७ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।