काठमाडौं, ४ जेठ । भारतको पश्चिम बङ्गालको माल्दामा चट्याङ लागेर ११ जनाको मृत्यु भएको छ भने धेरैजना घाइते भएका छन् । अहिलिे घाइतेहरुको उपचार भइरहेको छ । हिजो चट्याङ लागेर ज्यान गुमाउने ११ जनामध्ये तीनजना नाबालक, दुईजना युवा र अरु ज्येष्ठ नागरिक रहेका छन् ।
पीडित परिवारलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति दिइने भएको छ । जिल्ला प्रशासनले पनि घाइतेको उपचार र ज्यान गुमाएकाको परिवारलाई निरन्तर सहयोग गरिरहेको छ ।।
प्रकाशित मिति : २०८१ जेष्ठ ४ गते शुक्रवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।