२०८३ कार्तिक ११ गते बुधवार

पश्चिम दाङमा बबई नदिमा डुबेर दुई दाजुभाइको मृत्यु

तुलसीपुर, २ जेठ ।  पश्चिम दाङमा बबई नदिमा डुबेर दुई दाजुभाइको मृत्यु भएको छ । बबई गाउँपालिका–७ ओदाले स्थित बबई नदी घाटमा पौडी खेल्ने क्रममा डुबेर १६ वर्षीय दिपेश परियार, १८ वर्षीय दीपक परियारको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

प्रहरीका अनुसार भारतबाट फूपूको घर आएका उनीहरुको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । दीपकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको हो भने दिपेशको घटनास्थलमै मृत्यु भएको हो । मृतकका परिवार रोजगारी सिलसिलामा भारत बस्दै आएका छन् ।।

प्रकाशित मिति : २०८१ जेष्ठ २ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।