काठमाडौं, १ जेठ । भारतको मुम्बईमा ठूलो आँधी र बेमौसमी वर्षाले गएराति होर्डिङ बोर्ड खसेर लाग्दा चार जनाको ज्यान गएको छ भने अरु ५४ जना घाइते भएका छन् । पानी र धुलोसहितको हावाहुरीका कारण ठूलो सङ्ख्यामा मानिसले आश्रय लिएको पेट्रोल पम्पमा होर्डिङ बोर्ड खसेको थियो । घटनास्थलमा राति अबेरसम्म उद्धार र राहतको काम भएको बीबीसी हिन्दीले जनाएको छ ।
भाजपाका पूर्व सांसद किरिट सोमैयाले खसेको होर्डिङ बोर्ड अवैध रहेको भन्दै यसलाई हटाउन आफूले अस्ति आइतवार मात्रै आदेश दिएको बताउनुभएको छ । दुर्घटनापछि महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले घटनास्थल अवलोकन र अस्पताल पुगेर घाइतेहरूलाई भेट्नुभएको खबरमा उल्लेख छ ।।
प्रकाशित मिति : २०८१ जेष्ठ १ गते मङ्गलवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।