२०८३ कार्तिक ११ गते बुधवार

अमेरिका लैजाने भन्दै २५ जनालाई बन्धक बनाउने गिरोहका नाइके पक्राउ

काठमाण्डौ, ३१ बैशाख ।  नेपालीहरूलाई अमेरिका पठाउने भन्दै केन्या पुर्‍याई बन्धक बनाउने गिरोहका मुख्य आरोपीसहित थप तीन जना पक्राउ परेका छन् । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मुख्य आरोपी ओखलढुङ्गाका जगतबहादुर तामाङसहित तनहुँका विष्णुबहादुर बराली र तनहुँकै जङ्गबहादुर विकलाई पक्राउ गरेर आज सार्वजनिक गरेको हो । गिरोहका तीन जना गएको २७ गते नै पक्राउ परिसकेका छन् ।

उनीहरूले २५ जना नेपालीलाई अमेरिका पठाउने भनेर केन्या पुर्‍याएको अनुसन्धानबाट खुलेको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । १० जना नेपाली केही दिनअघि नेपाल आइसकेका छन् । उनीहरूकै उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो । अरू १५ जना भने केन्यामै बन्धक रहेका प्रहरीले बताएको छ । उनीहरूले १५ जनाबाट सात करोड रुपैयाँभन्दा धेरै ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।।

प्रकाशित मिति : २०८१ बैशाख ३१ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।