२०८३ कार्तिक ११ गते बुधवार

कार्यकारी निर्देशक विकल पौडैलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाण्डौ, ३० बैशाख ।  सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन सफल श्रेष्ठसहित छ जनाविरुद्ध आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ४० करोड रुपैयाँभन्दा धेरै अनियमितता गरेको ठहर गर्दै अख्तियारले मुद्दा दायर गरेको हो । पौडेल, श्रेष्ठसहित वन तथा वातावरण मन्त्रालयका तत्कालीन सीडीई नवीनकुमार पोखरेल, सुरक्षण मुद्रण केन्द्रका तत्कालीन लेखा अधिकृत खड्कबहादुर थापा, शाखा अधिकृत हरिवल्लभ घिमिरे र म्याक्स इन्टरनेशनल तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अकबर हुसेनविरुद्ध मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।

सुरक्षण प्रेसको सफ्टवेयर तथा अन्य उपकरण खरिदका लागि बोलपत्र आह्वान गर्दा सार्वजनिक खरिदसम्बन्धी प्रचलित कानुन बमोजिम हुनुपर्नेमा केही सीमित व्यक्ति विशेष वा कम्पनीलाई विना प्रतिस्पर्धा दिइएको अख्तियारले जनाएको छ । अख्तियारले उनीहरूविरुद्ध ४० करोड ७५ लाख ५७ हजार सात सय ४० रुपैयाँ बराबरको बिगो माग गरेको छ । विकल पौडेलविरुद्ध यो तेस्रो मुद्दा दायर भएको हो ।।

प्रकाशित मिति : २०८१ बैशाख ३० गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।