दाङ, ३० वैशाख । दाङमा बञ्चरो प्रहार गरि २ महिलाको हत्या गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही–१७ चौघेराका ५७ वर्षीय टेक बहादुर घर्ती रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डीएसपी जनक मल्लले जानकारी दिनुभयो । प्रहरीका अनुसार घोराही–१० पहेलपार बस्ने ५० बर्षीया जुपली बुढा र सुर्खेतको विरेन्द्रनगर–२ चनाबारी घर भई अहिले सोही ठाउँ बस्दै आएकी ४४ बर्षीया संगिता सुनारमाथी बञ्चरो प्रहार गरी हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।
पहेलपारमा कोठा भाडामा बस्दै आएका उनीहरुको शनिबार बेलुका ५ बजेको समयमा विभस्स रुपमा हत्या गरिएको खबर प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो । अटो चालकसमेत रहेका घर्तीलाई घटनास्तलदेखी झन्डै डेढ किलो मिटर टाँढा सौडिकुलाबाट पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।
प्रकाशित मिति : २०८१ बैशाख ३० गते आइतवार

























टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।