२०८३ कार्तिक ११ गते बुधवार

मोटरसाइकल दुर्घटनामा परी रुकुमका एकजनाको मृत्यु

दाङ, २९ बैशाख ।  सुर्खेतमा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुम पश्चिमको चौरजहारीका ३० वर्षीय भुवन केसी रहेको प्रहरीले जनाएको छ । प्र्रहरीका अनुसार आज बिहान सवा ७ बजेको समयमा सिम्ता गाउँपालिका–३ स्थित छिन्चु–जाजरकोट सडक खण्डमा नेपालगन्जतर्फ जाँदै गरेको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको क.प्र.–०३–००१ प–०३७९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको हो ।

नेपालगन्जतर्फ जाँदै गरेको मोटरसाइकलका चालक समेत रहेका केसीको घटनास्थलमै मृत्यु भएको हो । उनको मोटरसाइकल भेरी नदीमा खसेकाले अहिलेसम्म फेला परेको छैन । केसीको शव भने नदीको छेवैमा फेला परेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८१ बैशाख २९ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।