२०८३ कार्तिक ११ गते बुधवार

चट्याङ लागेर एक महिलाको मृत्यु, चार जना घाइते

काठमाण्डौ, २६ बैशाख ।  नवलपरासीको सुस्ता गाउँपालिकामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । चट्याङबाट सुस्ता गाउँपालिका वडा–५ तरैनी गाउँकी २८ वर्षीया पुनम कुशवाहाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ । उहाँका अनुसार हिजो हावाहुरीसँगै परेको चट्याङ लागेर पुनमको ज्यान गएको हो ।

यस्तै बझाङको खप्तडछान्ना गाउँपालिका–७ गोरखालीमा चट्याङ लागेर चार जना घाइते भएका छन् । हिजो बेलुका आइते रावतको घरमा चट्याङ लाग्दा बेलुदेवी खड्का, लुरी खुड्का, दुदा रावत र एकिन्द्र खड्का घाइते भएका हुन् ।।

प्रकाशित मिति : २०८१ बैशाख २६ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।