२०८३ कार्तिक ११ गते बुधवार

तुलसीपुरमा दुईवटा मोटरसाइकल ठोक्किदा ४ जना घाइते

तुलसीपुर, २२ बैशाख ।  दाङको तुलसीपुरमा दुईवटा मोटरसाइकल ठोक्किदा ४ जना घाइते भएका छन् । तुलसीपुरबाट घोराही तर्फ जादै गरेको रा ४ प ४७९३ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जादै गरेको रा ६ प ८९६९ नम्बरको मोटरसाइकलले तुलसीपुर–१९ डाँडागाउ नजिकै हिजो दिउँसो ठक्कर दिदा ४ जना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार घाइते हुनेमा रा ४ प ४७९३ नम्बरको मोटरसाइकल चालक तुलसीपुर–१८ विजौरीका ४८ वर्षीय हिम बहादुर घर्ती, सोही मोटरसाइकलमा पछाडी सवार सोही ठाउँका ३६ वर्षीय मोहनलाल सुनार, रा ६ प ८९६९ नम्बरको मोटरसाइकल चालक तुलसीपुर–५ रानिजरुवाका २५ वर्षीय यडिमन जिएम र पछाडी सवार सोही ठाउँका २१ वर्षीय सन्तोष रास्कोटी रहेका छन् । घाइते ४ जना मध्य दुबैजना मोटरसाइकल चालकलाई थप उपचारका लागी नेपालगञ्ज रिफर गरिएको छ भने अन्य दुईजना राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछी डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८१ बैशाख २२ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।