२०८३ कार्तिक ११ गते बुधवार

परिक्षा दिएर फर्किदै गरेकी किशोरीमाथी गोली प्रहार

काठमाण्डौ, २१ बैशाख ।  झापाको दमकमा नचिनेका मान्छेको गोली प्रहारबाट उदयपुर घर भई दमकमा बस्दै आएकी १८ वर्षीया विद्यार्थी एनिका अधिकारी घाइते हुनुभएको छ । स्थानीय हिमालय माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट कक्षा १२ को परीक्षा दिएर घर फर्किँदै गर्दा अधिकारीमाथि मोटरसाइकलमा आएका व्यक्तिले गोली हानेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।

घाइते अधिकारीको दमकमा रहेको लाइफ लाइन अस्पतालमा उपचार भइरहेको छ । गोली हानेर भागेका ती व्यक्तिको पहिचान खुलेको छैन । घटनामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८१ बैशाख २१ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।