२०८३ कार्तिक ११ गते बुधवार

बाढीका कारण ३० जनाभन्दा धेरैको मृत्यु, ६० जना बेपत्ता

काठमाडौं, २१ बैशाख ।  ब्राजिलको दक्षिणी राज्यमा केही दिनदेखि परेको भारी वर्षापछि बाढीका कारण एउटा जलविद्युत् आयोजनाको बाँध भत्किँदा ३० जनाभन्दा धेरैको मृत्यु भएको छ । रियो ग्रान्डी डो सुल राज्यमा बाढीमा परेर अन्य ६० जना हराइरहेका छन् ।

बाढीका कारण १५ हजार बासिन्दा विस्थापित भएका तथा राज्यका कम्तीमा पाँच लाख जना मानिस स्वच्छ पानी र बिजुलीको प्रयोगबाट वञ्चित बनेको खबरमा उल्लेख छ । यसैबीच ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले प्रभावित क्षेत्रको भ्रमण गर्नुभएको छ । उहाँले प्रभावित क्षेत्रमा केन्द्र सरकारबाट सहयोगको वाचा पनि गर्नुभएको छ ।।

प्रकाशित मिति : २०८१ बैशाख २१ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।