२०८३ कार्तिक ११ गते बुधवार

सल्यानमा बनको डढेलो बस्तीमा सल्किदा ८ वटा घरगोठहरु जलेर नष्ठ

सल्यान, १९ बैशाख ।  सामुदायीक वनमा लागेको डढेलो फैलिएर बस्तीमा पुग्दा सल्यानमा ८ वटा घरगोठ जलेर नष्ट भएका छन् । जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नं ५ दियार गाउँमा बुधबार ५ घर र ३ गोठ डढेलोले जलेर पूर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । दिउँसो करिव ३ बजेतीर महेन्द्र बहुमुखी सामुदायिक बनमा लागेको डढेलो सल्कदै गाउँसम्म पुग्दा स्थानीयहरुको घर तथा गोठहरुमा क्षति पुर्याएको हो । जिल्ला प्रहरीका अनुसार छत्रेश्वरी ५ दियारगाउँ बस्ने थल बहादुर घर्तिको कच्ची घर, मोहन वलीको २ वटा कच्ची घर, टोकाराम वलीको कच्ची घर, प्रेम वलीको कच्ची घर तथा सर–सामानहरु जली पूर्ण रुपमा नष्ट भएको छ ।

यस्तै सोही ठाउँ निवासी धन बहादुर घर्ती, शेर बहादुर वली र लेखपोखरा बस्ने खुम बहादुर वलीको गोठ पनि जलेर पूर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता भवानी प्रसाद धमलाले जानकारी दिनुभयो । यो समाचार तयार पार्दा सम्म प्रहरी चौकी भोटेचौर बाट प्र.स.नि. कृष्ण बहादुर बुढाको कमाण्डमा २ जना र ईलाका प्रहरी कार्यालय लुहामबाट समेत ६ जनाको प्रहरी टोली खटिएर स्थानियहरुको सहकार्यमा डढेलो नियन्त्रणमा लिने प्रयास भईरहे पनि नियन्त्रण हुन सकिरहेको छैन । छत्रेश्वरी ५ का वडा अध्यक्ष फौद बहादुर बस्नेतका अनुसार डढेलोले केही व्यक्तिको पशुचौपाया जलेर मरेका छन् । जिल्लाका विभिन्न स्थानमा आगलागी भइरहेको छ ।।

प्रकाशित मिति : २०८१ बैशाख १९ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।