२०८३ भाद्र २५ गते बिहिवार

नेपाली सेनाद्वारा निर्मित बेलिबृज पुलको उदघाटन

तुलसीपुर १६ वैशाख । धादिङ किम्ताङ्ग खोलामा नेपाली सेनाद्वारा निर्मित बेलिबृज पुलको उदघाटन गरिएको छ । खनियावास गाउँपालिका र नेत्रावती दवजोङ्ग गाउँपालिकाको सिमानामा रहेको किम्ताङ्ग खोलामा बेलिबृज पुल संचालनमा आएसंगै रुवी भ्याली, गंगा जमुना, खनियावास र नेत्रावत्री दवजोङ्गका करिव ६० हजार स्थानीय लाभान्वित भएका छन् ।

नवनिर्मित बेलीबृजको लम्बाई ४२.६७ मिटर, चौडाइ ४.२ मिटर तथा अधिकतम भार वहन क्षमता ३० टन रहेको छ । पुलको उदघाटन प्रतिनिधि सभा सदस्य रामनाथ अधिकारी र  प्रधान सेनापति प्रभुराम शर्माले संयुक्त रूपमा  गर्नु भएको थियो ।

प्रकाशित मिति : २०८१ बैशाख १६ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।