२०८३ कार्तिक ११ गते बुधवार

तुलसी बाल अस्पतालमा उपचारकै क्रममा बच्चाको मृत्यु, आफन्त आक्रोसित

तुलसीपुर, १५ बैशाख ।  दाङको तुलसीपुरमा रहेको तुल्सी बाल अस्पतालमा एक शिशुको उपचारकै क्रममा मृत्यु भएपछी आफन्तहरु आक्रोसित भएका छन् । सल्यानको कालिमाटी गाउँपालिका–२ का डिल्ली बहादुर वलीको ५३ दिनको छोरा आयुष वलीको उपचारकै क्रममा हिजो शुक्रबार बेलुका साढे ६ बजेको समयमा मृत्यु भएपछी मृतकका आफन्तहरुले अस्पतालमा अवरोध गरेका हुन् ।

शिशुको मृत्यु पश्चात अस्पतालमा अवरोध हुन थालेपछी हिजो साँझ साढे ७ बजेको समयमा उपचारमा संलग्न डाक्टर र मृतकका अभिभावकलाई इप्रकामा लगेर छलफल गराएपनि सहमती हुन नसकेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो । आफन्तहरु आक्रोसित भएकाले आज फेरी अबको केही बेरमा दुबै पक्षबिच छलफल हुने प्रहरीले जनाएको छ ।शिशुको दिमाग, ब्लड र मुटुमा इन्फेक्सन भएकाले उपचारको लागी तुलसीपुर–५ नामीनगरमा रहेको तुलसी बाल अस्पतालमा लगिएको थियो ।।

प्रकाशित मिति : २०८१ बैशाख १५ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।